दफा
काउन्सिलको बैठक र निर्णय

(१) अध्यक्षको निर्देशनमा सदस्य–सचिवले काउन्सिलको बैठक बोलाउनेछ ।
(२) काउन्सिलको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) काउन्सिलको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित काउन्सिलको सदस्यहरूले आपूm मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) काउन्सिलको बैठकमा विचाराधीन प्रत्येक विषयमा उपस्थित सदस्यहरूको बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(५) काउन्सिलको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(६) काउन्सिलको बैठक सम्बन्धी अन्य कार्यविधि काउन्सिल आफैले निर्धारण गरे बमोजिम हुनेछ ।